रौतहटको गौरमा सुटकेस भित्र महिलाको शव फेला
काठमाडौं । रौतहटको गौरमा सुटकेश भित्र एक महिलाको शव भेटिएको छ । गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेश भित्र महिलाको शव फेला परेको हो ।
शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको प्रहरीले बताएको छ ।
महिलाको पहिचान खुलेको छैन । प्रहरीले शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

.gif)