सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु
काठमाडौं । सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ ।कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको मृत्यु भएको हो ।
शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.gif)