sevenstartv.com ४ पुष २०८२, शुक्रवार

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

१ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकखण्डमा आइतबार बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । अहिले दुईवटा ‘जेसीबी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

त्यस ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ ।  पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्