रौतहटमा करेन्ट लागेर किशोरको मृत्यु
काठमाडौं । रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी टोलमा करेन्ट लाग्दा एक किशोरको मृत्यु भएको छ । आफ्नै खेतमा मोटरले पानी पठाउने क्रममा तार छुट्ट्याउने बेलामा करेन्ट लागी १६ वर्षीय राहुल कुमार पण्डित गम्भीर घाइते भएका थिए ।
घाइते पण्डितलाई तत्काल उपचारका लागि घोडहीमाई अस्पताल ल्याइए पनि दिउँसो करिब २स्२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक राहुल, उमेश पण्डितका छोरा हुन् ।
.

.gif)