sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

एएफसी यू-२० महिला एसियन कप छनोट : उत्तर कोरियासँग नेपाल पराजित

२५ साउन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग  पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा उत्तर कोरियासँग नेपाल ११ गोलले पराजित भएको हो । 

समूहको सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंक जोडेर समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२० महिला एसियन कपमा छनोट भएको छ । उत्तर कोरिया साविक विजेता समेत हो । उत्तर कोरियाले छनोटमा कूल ३६ गोल गर्दा कुनै गोल बेहोरेन ।

छनोटमा नेपालको यो पहिलो हार हो र यो हारपछि नेपालको छनोट हुने सम्भावना सकिएको छ । नेपालले ३ खेलबाट ४ अंक जोड्यो । नेपालले पहिलो खेलमा भुटानसँग १(१ को बराबरी खेल्दा साउदी अरेबियासँग १(० ले विजयी भएको थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्