sevenstartv.com ४ पुष २०८२, शुक्रवार

संयुक्त राष्ट्रसंघको इकोसक अध्यक्षमा नेपालका थापा निर्वाचित

१६ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौँ। नेपालले संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को नेतृत्व गर्ने अवसर पाएको छ । 

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा इकोसकको अध्यक्षमा निर्वाचित हुनुभएको छ  । इकोसकको अध्यक्ष थापा बनेसँगै संयुक्त राष्ट्रसंघमा नेपालले ऐतिहासिक तथा महत्वपूर्ण अवसर प्राप्त गरेको हो ।

संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग मानिन्छ आर्थिक तथा सामाजिक परिषद् (इकोसक) । संयुक्त राष्ट्रसंघको त्यही महत्वपूर्ण अङ्ग इकोसकको नेतृत्व गर्ने अवसर नेपालाई प्राप्त भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा इकोसकको अध्यक्षमा निर्वाचित भएका छन् । इकोसकको अध्यक्षमा नेपाल निर्वाचित भएको यो पहिलोपटक हो । इकोसकको अध्यक्षमा थापा निर्वाचित भएपछि संयुक्त राष्ट्रसंघमा नेपालले ऐतिहासिक तथा महत्वपूर्ण अवसर प्राप्त गरेको हो । इकोसकमा यसअघिसम अध्यक्षको जिम्मेवारी राष्ट्र संघका लागि क्यानडाका स्थायी प्रतिनिधि बब रे समाल्दै आएका थिए । इकोसकका निवर्तमान अध्यक्ष रेले एक समारोहकाबीच नवनिर्वाचित अध्यक्ष थापालाई पद हस्तान्तरण गरेका छन् । राजदूत थापाले विहीवार इकोसकको अध्यक्षता सम्हाल्दै यो अवसर नेपालका लागि ऐतिहासिक क्षण भएको बताएका छन् । 

इकोसक राष्ट्रसंघका ६  मुख्य अङ्ग मध्ये एक हो । यसले अन्तर्राष्ट्रयि आर्थिक तथा सामाजिक विषयमा सहकार्य र विकासका क्षेत्रमा काम गर्छ । यसमा ५४ सदस्य राष्ट्र सदस्य हुन्छन्, जसलाई महासभाले तीन वर्षका लागि क्षेत्रीय आधारमा निर्वाचित गर्छ । इकोसकले वर्षौदेखि मानव अधिकारसम्म काम गर्ने संयुक्त राष्ट्रसंघका विशेष निभिन्न एजेन्सी, आयोग र निकायबाट हुने कार्यमा समन्वय गर्छ । यो स्थापना भएको ८० वर्ष पुगिसकेको छ । अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने विषयमा निर्णय गर्ने निकाय पनि इकोसक नै हो । स्तरोन्नति सम्बन्धी विषयमा विकास नीति केन्द्र नामक राष्ट्रसंघीय निकायले गर्ने सिफारिसलाई इकोसकले स्वीकृति प्रदान गरेर महासभामा पेश गर्छ । महासभाले  यस सम्बन्धमा अन्तिम निर्णय समेत गर्छ । 

नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएको ७० वर्ष पूरा भएको छ । यस अवधिसम्म नेपालका विभिन्न व्यक्तिले संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गरे पनि त्यहाँँ महत्वपूर्ण निकायको नेतृत्व गर्ने मौका भने पाएका थिएन । तर यस पटकदेखि भने इकोसकको नेतृत्व गर्दैै नेपालले बलियो भूमिका देखाएको छ । मुलुकले बहुपक्षीयताप्रति देखाएको दृढ प्रतिबद्धतालाई यो निर्वाचनले प्रतिविम्बित गरेको नवनिर्वाचित अध्यक्ष थापाको भनाई छ । अध्यक्ष थापाले अहिले संसार द्वन्द्व, जलवायु परिवर्तनले सृजना गरेको अस्तव्यस्तता, आर्थिक अनिश्चितता तथा गहिरिँदो असमानता जस्ता बहुसंकटबाट गुज्रिरहेको स्मरण समेत गराएका छन् ।

महाशक्तिहरुबीचको प्रतिस्पर्धा, बढ्दो साइबर जोखिम, बाटो बिराएको दिगो विकासको कार्यसूची, बढ्दो मानवीय सहयोगको आवश्यकता र विकासशील देशहरूका लागि वार्षिक ४० खर्ब डलरको वित्तीय स्रोत अभावको अवस्था रहेको थापाले उल्लेख गरेका छन् । यस्तो परिस्थितिमा इकोसोकको भूमिका इतिहासमा सबैभन्दा बढी सान्दर्भिक र महत्वपूर्ण रहेको थापाको भनाई छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्