भ्रष्टाचार भएको भन्दै ब्लु डायमण्ड सोसाइटी घेराउ
काठमाडौं । ब्लु डायमण्ड सोसाइटीले समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिङ्गीको नाममा भ्रष्टाचार गरेको आरोप लागेको छ । सक्कलीको नाममा नक्कलीहरू हुलेर विकृति फैलाएको उनीहरूमाथि आरोप लगाइएको हो ।
यसबिच यो समुदायका सदस्यले काठमाडौँको धुम्बाराहीस्थित सोसाइटीको कार्यालय घेरेका छन् । सोसाइटीले मिडियालाई गलत सूचना दिएको उनीहरूको आरोप छ । संस्थाका संस्थापक अध्यक्ष सुनील बाबु पन्त र मायाको पहिचानका प्रतिनिधिहरूले केही प्लेकार्ड बोकेर संस्थामा प्रवेश गरेका थिए । यद्यपि, छलफलका क्रममा उठाइएका सवालहरू संस्थाको औपचारिक एजेन्डा भन्दा व्यक्तिगत गुनासोमा केन्द्रित भएको देखिएको थियो ।
छलफलमा सहभागीहरूले संस्थामा सदस्यता नपाएका व्यक्तिलाई बोर्डमा समावेश गर्नु पर्ने माग राखे । तर नेतृत्वले यसलाई असंवैधानिक भन्दै अस्वीकार गरेको छ ।

.gif)