sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

१४ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । ब्राजिल महिला कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । 

आज बिहान इक्वेडरको रोड्रिगो पाज डेल्गाडोमा भएको दोस्रो सेमिफाइनलमा साविक विजेता ब्राजिलले उरुग्वेलाई ५(१ गोलले पराजित गर्दै फाइनलमा  स्थान बनायो ।  नवौं संस्करणको महिला कोपामा ब्राजिलले ८ पटक उपाधि हात परेको छ। उसले सन् १९९१ देखि सुरु भएको कोपामा १९९८ बाहेक सबै प्रतियोगिताको विजेता हो। 

ब्राजिलको जितमा खेलको ११औँ मिनेटमा अमन्दा गुटरेले ११औँ मिनेटमा गोल गरिन् । त्यसको २ मिनेटपछि जियो गार्बेन्लीले गोल गर्दै अग्रता दोब्बर बनाइन्। २७औँ मिनेटमा मार्टाले पेनाल्टीबाट गोल गर्दै ब्राजिल पहिलो हाफमै ३(० ले अगाडि रह्यो । ब्राजिलकी इशा हासले ५१औँ मिनेटमा आफ्नै पोस्टमा गोल गर्दै उरुग्वेलाई एक गोल उपहार दिएकी थिइन्। खेलमा कमजोर देखिएको उरुग्वे ५८औँ मिनेटमा १० खेलाडीमा समेटियो। उरुग्वेकी यामिला मारियाना रातोकार्ड खाँदै बाहिरिन पुगिन्।

ब्राजिलले ६५औँ मिनेटमा अमन्दाले दोस्रो गोल गर्दै खेललाई विजयउन्मुख गराएकी थिइन्। त्यसपछि खेलको ८६औँ मिनेटमा ब्राजिलकी दुधिन्नाले गोल गरिन् । ब्राजिलले अब आगामी आइतबार बिहान कोलम्बियासँग खेल्नेछ। मंगलबार भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । 
सन् २०२२ मा पनि ब्राजिलले कोलम्बियालाई नै हराएर उपाधि जितेको थियो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्