sevenstartv.com ५ पुष २०८२, शनिवार

प्रधानमन्त्रीको ओलीको स्वागतमा जाँदा दुई मन्त्रीका गाडी कच्याककुचुक

१३ साउन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सुदूरपश्चिममा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतको लागि जाँदा दुई मन्त्री सवार छुट्टाछुट्टै गाडी आपसमा ठोक्किएर दुर्घटना भएको छ । 

कैलालीको लम्कीमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रधानमन्त्रीको स्वागतका लागि प्रदेश राजधानी धनगढीबाट चिसापानी जाने क्रममा मन्त्री सवार गाडीहरू लम्कीमा एक–आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार से १ झ ३३० र बा २ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन् । सार्की से १ झ ३३० मा र पाल बा २ झ १४१९ नम्बरको गाडीमा सवार थिए । दुबै गाडीमा क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री ओली कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन गर्न त्यसतर्फ जानुभएको हो ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्