sevenstartv.com ५ पुष २०८२, शनिवार

घरका ढोकामा नागका चित्र टाँसेर नागपञ्चमी मनाइयो

१३ साउन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । घरका ढोकामा नागका चित्र  टाँसेर आज नागपञ्चमी मनाइएको छ । 

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआराधना गरेर मनाउने गरिन्छ ।

नागपञ्चमीको  दिन घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभर िदुःख नपाइने धार्मिक विश्वास रहेको छ । साथै चट्याङ, अग्निभय र मेघका कारणसमेत पीडित हुनुनपर्ने भन्ने कुरा बराहलगायतका पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभएको छ।

नागपञ्चमीमा काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआराधना गरी मेला लाग्ने गर्दछ । पशुपतिस्थित वासुकी मन्दिरमा समेत विशेष पूजाआजा गर्ने गरिएको छ ।  

नागपञ्चमीम नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानहरुले आराम गर्ने गर्दछन् । आजको दिनमा खनजोत गरेमा नाग मारिन्छन् भन्ने धार्मिक विश्वास  छ । घर, खेत, बारीमा पनि नागले बास गर्छन् भन्ने वैदिक मान्यता छ । यसै मान्यताका आधारमा खेतबारीमा नागस्थान बनाई पूजा गरिन्छ ।

नागपञ्चमीका दिन विधिपूर्वक पूजाआजा गरी घरको मूल ढोकामा नाग टाँसेमा वर्षभर विद्युत्, अग्नि, सर्प, चट्याङ लगायतको भय नहुने धार्मिक विश्वास रहेकाले विधिपूर्वक नागको पूजाआजा गरी तस्बिर टाँस्ने गरिएको प्रा डा भट्टराईले बताउनुभयो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्