sevenstartv.com ५ पुष २०८२, शनिवार

गोसाइँकुण्डमा नुहाउँदा २ जना बेपत्ता

१२ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् ।

मोरङ जिल्ला विराटनगरका दुई युवक सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने बेपत्ता भएका भएका हुन् । गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरु डुबेर बेपत्ता भएको आँकलन गरिएको छ ।

बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्