sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

इङ्ल्यान्ड बन्यो महिला युरो कपको च्याम्पियन

१२ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै इङ्ल्यान्डले महिला युरोपियन च्याम्पियनसिप-२०२५ उपाधि जितेको छ। आइतबार स्विट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टीमा स्पेनका चारमध्ये एक प्रहारमात्र गोलमा परिणत भयो । यता, इङ्ल्यान्डका पाँचमध्ये तीन खेलाडीले गोल गरे । इङ्ल्यान्डकी एलेक्स ग्रिनवुड, निह चाल्र्स र क्लोइ केलीले गोल गरिन् । लिह विलियम्सन र बेथ मेडको प्रहार भने स्पेनकी गोलकिपरले विफल बनाएकी थिइन् ।

स्पेनकी प्याट्रिसिया गुइराओले मात्रै गोल गरिन् । मारिओना काल्डेन्टी र आइतेना बोनमतीको प्रहारलाई इंग्लिस गोलकिपरले विफल बनाइन् । साल्मा पारउइलोको प्रहार भने बारमा लागेर बाहिरियो ।

त्यसअघि मारियओना काल्डेन्टीले खेलको २५औँ मिनेटमा हेडर गोल गर्दै स्पेनले अग्रता बनाएको थियो । एलेसिया रुसोले ५७औँ मिनेटमा गोल गरेपछि साविक विजेता इङ्ल्यान्ड खेलमा फर्किएको थियो ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्