वायुसेवा निगमलाई उच्च निगरानीमा राख्न अदालतको आदेश
काठमाडौं । लामो समयदेखि कमिसन र भ्रष्टाचारमा जगडिएको नेपाल वायुसेवा निगमलाई उच्च निगरानीमा राख्न विशेष अदालतले आदेश दिएको छ ।
विशेष अदालतले वाइडबडी विमान खरिद भ्रष्टाचारमुद्दाको फैसला गर्दै निगम व्यवस्थापनलाई स्रोतसाधन उपलब्ध गराउन अनि इमान्दार र सक्षम जनशक्ति उपलब्ध गराउन आदेश सरकारलाई दिएको हो । विशेष अदालतले आगामी दिनमा विमान खरिदको काममा निगम व्यवस्थापनलाई पूर्ण जिम्मेवार बनाएर परियोजना अघि बढाउन पनि सरकारपको ध्यानाकर्षण गराएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले कतिपय व्यक्तिका कारण निगमलाई नोक्सानी भएको र राष्ट्रिय ध्वजाबाहक निकायले आशा गरिए अनुसार प्रतिष्ठा कमाउन नसकेको ठम्याएको हो । वायुसेवा निगमले सधैं घाटा व्यहोरिरहेको भन्दै विशेष अदालतले राष्ट्रिय ढुकुटीमा योगदान गर्ने र मुलुकलाई विश्वसामू चिनाउने सम्भावना बोको संस्था धराशायी हुनुलाई दुखद भनेको छ ।
वायुसेवा निगम स्थापना भएकै बेलामा स्थापित थाइ एयरलाइन्स लगायतले अन्तर्राष्ट्रिय स्तरमा ख्याती पाएको भएपनि वायुसेवा निगमभित्र बेथिती मौलाएको भन्दै विशेष अदालतले सरकारको ध्यानाकर्षण गराएको हो ।

.gif)