sevenstartv.com ५ पुष २०८२, शनिवार

हवाई इन्धनको नयाँ डिपो बनाउन ६ अर्ब ५४ करोड लाग्ने

८ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ । हवाई इन्धनको नयाँ डिपो बनाउन जग्गा विवाद नटुंगिदै विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार भएको छ । 

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले हवाई इन्धनको नयाँ डिपो डीपीआर तयार पारेको हो । डीपीआर अनुसार सिनामंगलबाट गुहेश्वरीमा स्थानान्तरण गर्न लागिएको हवाई इन्धनको डिपो बनाउन ६ अर्ब ५४ करोड रुपैयाँ लाग्ने भएको छ । संस्थानले डीपीआर बिहीबार नेपाल आयल निगमलाई बुझाएको छ । 

डीपीआर अनुसार डिपो निर्माण गर्न ३ वर्ष लाग्नेछ । डिपोमा लेभल थ्रीको अटोमेसन सिस्टम हुनेछ । शुरुमा ३ हजार किलोलिटरका ५ वटा ट्यांक निर्माण गरिनेछ । भविष्यका लागि ३ वटा भर्टिकल ट्यांक बनाउन ठाउँ तोकिएको छ । प्रस्तावित डिपोले आगामी ५० वर्षका लागि हवाई इन्धन वितरण गर्न सक्ने क्षमता राख्नेछ । 

डीपीआर अनुसार अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्ड अनुसार ७ वटा फ्लिटसहितको फ्युल हाइड्रेन्ट सिस्टम राखिनेछ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्