sevenstartv.com ५ पुष २०८२, शनिवार

बाढीले केरुङमा अलपत्र २ सय ५ नेपालीलाई स्वदेश ल्याइयो

७ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । रसुवामा आएको बाढीका कारण चीनको केरुङमा रोकिएका नेपालीलाई स्वदेश ल्याइएको छ । 

बाढीले मितेरी पुल बगाएपछि रसुवा नाकामा अलपत्र परेका २ सय ५ नेपालीलाई १६ दिनपछि बुधबार नेपाल ल्याइएको हो ।  अलपत्र नेपालीलाई चीन सरकारले तातोपानी नाका हुँदै नेपाल ल्याइदिएको हो । फर्किनेमा २ जना बालबालिका समेत दरहेका छन् । नेपाल सरकारको अनुरोधमा चीनको परराष्ट्र विभागले केरुङमा रोकिएकालाई तातोपानी नाका ल्याएर नेपाली पक्षलाई जिम्मा लगाएको हो । 

गएको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले पुल र सडक भत्काएपछि नाकाको तिब्बततर्फ रहेका ७२ जना कन्टेनर चालकलाई चीनले नै उद्धार गरेर केरुङ लगेको थियो । उनीहरूलाई चीनले अहिलेसम्म खाने, बस्ने लगायतका सुविधा दिएर राखेको थियो । दुई सातापछि स्वदेश आइपुग्न पाएकोमा बाढी पीडितहरुले चीनप्रति स्रहाना व्यक्त गरेका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्