पौडी खेल्दा डुबेर बालकको मृत्यु
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका(५ राम्चेमा पौडी खोल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोट(५ राम्चे बस्ने अप्सरा राई मगरका छोरा आठ वर्षीय आकाशको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ६ जना साथीसँगै टारे पोखरीमा पौडी खेल्न गएकामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए। उपचारका लागि अस्पताल लग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

.gif)