sevenstartv.com ५ पुष २०८२, शनिवार

रसुवा बाढीपहिरोः करिब २९ करोडको बीमा दाबी

५ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडाैं । गत असार २३ मा रसुवामा चीनतर्फबाट आएको बाढी पहिरोबाट क्षति पु-याएको भन्दै विमितहरूले करिव २९ करोडको बीमा दाबी गरेका छन् ।

बीमा प्राधिकरणकाअनुसार शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स,सगरमाथा लुम्बिनी इस्योरेन्ससहित ९ वटा कम्पनीहरूले २८ करोड ९२ लाख रुपैयाँको दाबी गरेका हुन्। बीमा प्राधिकरणकाअनुसार शिखर इन्स्योरेन्समा १० वटा दाबी परेका छन्। शिखरमा १६ करोड १२ लाख रुपैयाँको दाबी गरिएको छ । त्यस्तै नेको इन्स्योरेन्समा ३ वटाको ५ करोड १२ लाख रुपैयाँको माग दाबी गरिएको छ। सगरमाथा लुम्बिनी इस्योरेन्समा दाबी संख्या सात छ। माग दाबी रकम ३ करोड ४१ लाख रुपैयाँ छ ।

त्यस्तै, सानिमा जिआईसी लिमिटेडमा ६ वटा माग दाबी परेको छ। जसमा ७७ लाखको माग दाबी परेको छ। अर्को आइजीआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीमा ९ वटा दाबी परेका छन्। जसमा ७५ लाख ५० हजार रुपैयाँको माग दाबी परेको छ। युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा माग दाबी परेका छन्। जसमा ६८ लाख बराबरको माग दाबी रकम छ।

एनएलजी इन्स्योरेन्समा ६ वटा मागदाबी परेका छन्। जसमा ४७ लाख रुपैयाँ बराबरको माग दाबी परेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा माग दाबी परेको छ। जसमा माग दाबी रकम ३१ लाख रहेको बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

कुल ६३ वटा मागदाबीमध्ये सामुन्द्रीक बीमातर्फ हेर्ने हो भने ६ वटा दाबी परेको छ भने इन्जिनियरिङ तथा ठेकदार जोखिमतर्फ ४ वटा, सम्पति बीमातर्फ १० वटा, मोटर बीमा (सार्वजनिक) तर्फ ३२ वटा, मोटरबीमा निजीतर्फ ११ वटा मागदाबी परेको बीमा प्राधिकरणले जनाएको छ।  

रसुवामा आएको बाढीले नेपाल–चीन जोड्न पुल बगाएको थियो। जसकारण दुई हप्तादेखि रसुवागढी हुँदै चीनतर्फको व्यापार प्रभावित भएको छ। बाढीले ड्राइपोर्टका साथै सवारी साधन, कन्टेनर समेत बगाउँदा ठूलो क्षति भएको थियो।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्