sevenstartv.com ५ पुष २०८२, शनिवार

कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु

५ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं ।  कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेयको समस्यासमेत देखिएको जनाइएको छ । 

गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्