धनगढीमा भीषण आगलागी
काठमाडौं । कैलालीको धनगढीस्थित एक कम्प्लेक्समा गएराति भीषण आगलागी भएको छ । धनगढी उपमहानगरपालिका( ४ उत्तरबेहडीको परिवर्तन इम्पेक्समा आगलागी भएको हो ।
राति करिब ११ बजेको समयमा विद्युत् ‘सट हुँदा भएको आगलागीमा स्थानीय विश्वप्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इन्फेक्स र सेन्टर पोइन्ट रेष्टुरेण्टका आठवटा सटरमा क्षति पुगेको छ । करिब दुई घण्टापछि मात्र आगलागी पूर्ण नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट हेलेन ट्रेडको सटरमा रहेका लुगा कपडासहितका सामान जलेर नष्ट भएका छन् । अरु पसलमा भने आंशिकरूपमा क्षति पुगेको छ । लाखौँको क्षति भएको अनुमान गरिए पनि क्षतिको विस्तृत विवरण र आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ ।

.gif)