काठमाडौंको तारकेश्वर पिपलडाँडामा महिला झुण्डिएको अवस्थामा फेला
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-८ पिपलडाँडा खेल मैदानको बारमा एक महिला झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
कालो कपडा, कालो झोला र कालै जुत्ता लगाएकी ती महिला सोमबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी हुन् । पिपलडाँडा खेल मैदानमा अहिले स्थानीयको ठूलो भीड लागेको छ ।
ती महिला को हुन् भन्ने बारेमा केही खुलेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

.gif)