sevenstartv.com ५ पुष २०८२, शनिवार

भ्यानको ठक्करबाट महिलाको मृत्यु

५ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

कटारी नगरपालिकाबाट सदरमुकाम गाईघाटतर्फ जाँदै  गरेको प्र०८–००१ ज ००७१ नम्बरको विङ्गर भ्यानले ठक्कर दिँदा त्रियुगा नगरपालिका-४ चुहाडेका अन्दाजी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दनुवारलाई भ्यानले त्रियुगा नगरपालिका–८ झोडामा ठक्कर दिएको थियो । झोडामा यात्रु ओरालेर र चढाइसकेपछि अगाडि बढ्ने क्रममा दनुवारलाई भ्यानले ठक्कर दिएको थियो । 

ठक्कर पश्चात गम्भीर घाइते दनुवारलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएकोमा साँझ उपचारकै क्रममा मृत्यु भएको हो ।
 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्