sevenstartv.com ५ पुष २०८२, शनिवार

नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

६ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । २० वर्ष मुनिको च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो ३ बजेदेखि खेल सुरू हुनेछ । प्रतियोगितामा आजको खेल नेपालको दोस्रो खेल हो ।

नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ । उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १–० गोलले पराजित गरेको थियो । श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो ।

बंगलादेशले पनि श्रीलंकालाई पराजित गरेर यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । भारत र भुटानले एक/एक खेल जितेका छन् । शुक्रबार भारत र माल्दिभ्सबीचको खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल आइतबार र सोमबार तथा फाइनल खेल बुधबार हुनेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्