साउनको पहिलो सोमबार : पशुपतिनाथमा दर्शनार्थीको भीड
काठमाडौं । साउन महिनाको पहिलो सोमबार पशुपतिनाथमा श्रद्धालुको घुइँचो लागेको छ ।
साउनमा परेका सोमबार भगवान् शिवको पूजाअर्चना र उपवास बस्ने परम्परा छ । यसैगरी श्रद्धालु शिवालय पुगी पूजाआराधना गर्छन् ।
यो वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि भगवान् शिवको दर्शनका लागि लामबद्ध भएका छन् ।

.gif)