भियतनाममा डुंगा पल्टिदाँ ३४ जनाको मृत्यु
काठमाडौं । भियतनाममा डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ । लोकप्रिय पर्यटकीय स्थल हालोङ्ग खाडीमा डुंगा दुर्घटना ८ जना बेपत्ता छन् । डुंगामा अधिकांश हनोईबाट आएका भियतनामी नागरिक रहेको बताइएको छ ।
पर्यटकहरु डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । सो तुफानले डुंगा पल्टाइदिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । घटनास्थलमा खोज तथा उद्धारको कार्य जारी रहेको छ । उद्धार अधिकारीहरुले भारी वर्षाका कारण समस्या परिरहेको बताएका छन् ।
