sevenstartv.com ५ पुष २०८२, शनिवार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

३० असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ९९ पैसा र बिक्री दर १३७ रुपियाँ ५९ पैसा कायम गरिएको छ ।

युरोपियन युरो एकको खरिदर १६० रुपियाँ १४ पैसा र बिक्रीदर १६० रुपियाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपियाँ ९४ पैसा र बिक्रीदर १८५ रुपियाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १७१ रुपियाँ ९८ पैसा र बिक्रीदर १७२ रुपियाँ ७३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपियाँ १४ पैसा र बिक्रीदर ९० रुपियाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपियाँ ६ पैसा र बिक्रीदर १०० रुपियाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिदर १०६ रुपियाँ ९९ पैसा र बिक्रीदर १०७ रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपियाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ५३ पैसा र बिक्रीदर ३६ रुपियाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७ रुपियाँ ७५ पैसा निर्धारण गरिएको छ ।

भारतीय रुपियाँ एक सयको खरिदर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्