sevenstartv.com २७ मंसिर २०८२, शनिवार

चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

३० असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । फिफा क्लब विश्वकपको उपाधि चेल्सीले जितेको छ । आइतबार सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० लाई ३–०ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।

अमेरिकाको न्यूयोर्क स्थित मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३–० को अग्रता लिएको थियो । चेल्सीको जितमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे ।

पाल्मरले २२ औं मिनेटमा चेल्सीलाई अघि बढाएका थिए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक जियानलुइजी डोनारुममा बिट भए । ३० औं मिनेटमा पाल्मरले पहिलो गोलजस्तै मुभमा फिनिस गर्दै चेल्सीलाई बलियो स्थितिमा पुर्याए ।

४३ औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३–० ले अघि बढाए । दोस्रो हाफको ८५ औं मिनेटमा पीएसजी १० खेलाडीमा सिमित भएको थियो । जोआओ नेभेसले मार्क कुकुरेलाको कपाल तानेपछि रेफ्रीले भीएआरको सहायता लिँदै रातो कार्ड दिए । चेल्सीका कोल पाल्मर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्