छात्रालाई अभद्र सन्देश पठाएको आरोपमा शिक्षक पक्राउ
काठमाडौं । रौतहट जिल्लाको गरुडा नगरपालिका-९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालय तनावग्रस्त बनेको छ । विद्यालयका एक शिक्षकमाथि आफ्नै छात्रालाई आपत्तिजनक सन्देश पठाएको आरोप लागेपछि स्थानीयले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका हुन् ।
विद्यालयका सामाजिक शिक्षा शिक्षक रवीन्द्र प्रसाद साहले एक छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखिएको सन्देश पठाएको भन्दै विद्यार्थी र अभिभावक आक्रोशित बनेका थिए । घटनापछि साहमाथि कुटपिटसमेत गरिएको छ ।
आइतबार विद्यालय परिसरमै आक्रोशित भिडले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो । प्रहरीले भिड नियन्त्रण गर्न एक राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । शिक्षक रवीन्द्र साहलाई नियन्त्रणमा लिएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.gif)