sevenstartv.com ५ पुष २०८२, शनिवार

कञ्चनपुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु

२९ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । कञ्चनपुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । २८ वर्षीया कमला आउजीको मृत्यु भएको हो । 

कृष्णपुुर नगरपालिका-१ को निगालीमा छाउ गोठमा सुतेका बेला उनलाई सर्पले डसेको थियो । स्वास्थ्यअवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा कमलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । 

सुतिरहेकी कमलालाई सर्पले बाँया गालामा डसेको थियो । शनिबार साँझ ८ बजे उनको मृत्यु भएको हो । उनलाई छाउगोठमा सुतेका बेला सर्पले डसेको विषयमा भने आधिकारिक जानकारी भएको छैन् । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्