sevenstartv.com ५ पुष २०८२, शनिवार

काठमाडौं महानगरले आज २५ अर्बको बजेट ल्याउँदै

२९ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार आर्थिक वर्ष ९२०८२/८३०को बजेट ल्याउँदै छ । शुक्रबार बसेको महानगर कार्यपालिकाको बैठकबाट बजेट ल्याउन आइतबार दिउँसो २ बजे बस्ने गरी नगरसभा आह्वान गरिएको छ ।

उक्त कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह बालेनले नगरसभा बोलाउने प्रस्ताव गरेका थिए । उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो । 

लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरेका थिए । त्यो दिन कार्यपालिका बैठक करिब एक मिनेटमै सकिएको थियो ।  महानगरले करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने छ । शुक्रबारनै बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकबाट अनुमानित आय र खर्चका आधारमा बजेटको सीमा निर्धारण गरिएको हो ।

नगरसभाअघि आजै बिहान ९ बजे कार्यपालिकाको बैठक बस्ने महानगरले जनाएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्