sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

पाकिस्तानमा सेना प्रमुख मुनीर राष्ट्रपति बन्ने हल्ला निराधार, जरदारीले राष्ट्रपतिबाट राजीनामा नदिने

२८ असार २०८२, शनिवार स्टार संवाददाता

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले सेना प्रमुख फिल्ड मार्शल असीम मुनीर राष्ट्रपति बन्ने हल्ला निराधार भएको बताएका छन् । 

प्रधानमन्त्री शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा दिने सेना मुनीर राष्ट्रनायक बन्ने हल्ला निराधार भन्दै त्यसको कडा रुपमा प्रतिवाद गरेका छन् । अंग्रेजी दैनिक ’द न्युज’ को रिपोर्ट अनुसार, विशेष कुराकानीमा प्रधानमन्त्रीले स्पष्ट भनेका छन् फिल्ड मार्शल असीम मुनीरले कहिल्यै राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेनन् र न त त्यस्तो कुनै प्रस्ताव विचाराधीन छ ।’ उनले राष्ट्रपति आसिफ अली जरदारी, फिल्ड मार्शल असीम मुनीर र आफू, तीनै जना बीचको सम्बन्ध पारस्परिक र सम्मानक रहेको खुलाएका छन् ।  

प्रधानमन्त्री शरीफले आफूहरु तीनै जना पाकिस्तानको विकास र समृद्धिप्रति साझा प्रतिबद्धतामा आधारित रहेको समेत प्रष्ट्याएका छन् । संघीय आन्तरिक मन्त्री मोहसिन नकवीले आधिकारिक एक्समा विज्ञप्ति जारी गर्दै राष्ट्रपति जरदारी, प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख विरुद्धको अभियानको कडा निन्दा गरेका बेला प्रधानमन्त्रीको स्पष्टीकरण आएको छ । नकवीले राष्ट्रपति जरदारीले राजीनामा दिने भन्ने हल्लालाई ‘संगठित षड्यन्त्र’ भनेका छन् । एजेन्सी

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्