sevenstartv.com ५ पुष २०८२, शनिवार

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

२८ असार २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास ९होम–स्टे० । खासगरी हिमशृङ्खाला अवलोकन गर्न र ग्रामीण जीवनशैलीको अनुभूति गर्न पर्यटक भकुण्डे पुग्ने गर्छन् ।

बागलुङ नगरपालिका–१० मा पर्ने उक्त घरबासमा गत जेठ अन्तिम सातासम्म आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै थियो तर वर्षाका कारण सडक बिग्रिँदा यति बेला ती घरबास सुनसान भएका छन् ।

घरबासमा पाहुना आउन छोडेपछि स्थानीय बारीको काममा व्यस्त छन् । भकुण्डे गाउँका स्थानीयले १५ घरमा घरबास सञ्चालन गरेका छन् । हिउँदको समयमा सडक यात्रा सहज हुँदा पर्यटकको चहलपहल बढ्ने तर बर्खाको करिब चार महिना ठप्प हुने गर्दछन् । 

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको भकुण्डेमा गाडीमा एक घण्टा र पैदलयात्रा गर्दा करिब साढे एक घण्टामा पुग्न सकिन्छ । काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबास पनि सुनसान बनेको छ । 

अधिकांश पर्यटक सहरी क्षेत्रबाट आउने भन्दै बागलुङ बजारदेखि गाउँसम्म पुग्ने सडक अव्यवस्थित हुँदा पाहुन आउन जनाइएको छ । कात्तिकदेखि जेठसम्म पाहुनाको चाप भई राखे पनि बर्खाको करिब चार महिना बन्द हुने गर्छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्