बाघको आक्रमणबाट एक जनाको मृत्यु
काठमाडौं । पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका(१३ गवैका ६८ वर्षीय पदमबहादुर रानामगरको मृत्यु भएको हो ।
शुक्रबार बिहान तीनजना कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो ।
खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

.gif)