sevenstartv.com ५ पुष २०८२, शनिवार

थवाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित ७ कर्मचारी सम्पर्कमा

२६ असार २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ। सम्पर्कविहीन रहेका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् ।

उनीहरूले आज बिहानै गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरलाई फोन गरेर आफूहरू गुल्मीको दुर्गम गाउँमा रहेको जानकारी दिएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खापासटे शिवकुमार वली र सवारी चालक प्रदीप केसी  असार २४ गतेदेखि सम्पर्कविहीन  भएका थिए । अध्यक्ष बुढामगरले कार्यकारी प्रमुखले आफूहरू सकुशल गुल्मीमा रहेको जानकारी दिएको बताएका छन्। 

थबाङ गाउँपालिकाका सात जना कर्मचारी केही दिनअघि रुकुम पूर्वतिर कामको सिलसिलामा निस्किएपछि टेलिकमको नेटवर्क नहुँदा परिवार तथा कार्यालयसँग सम्पर्कविहीन भएका थिए ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले पनि उनीहरू सम्पर्कमा आएको जानकारी दिएका छन् । मैले हिजो राति १० बजेतिर प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा कुरा गरेको थिएँ’ उनले भने– उहाँहरूले हामी सकुशल छौँ, लिवाङ आउँदैछौँ भन्नुभयो । बिहान पनि फेरि सम्पर्क भएको छ । काम सकेर फर्किंदैछौँ भन्नुभएको छ ।’

 गाउँपालिका अध्यक्ष बुढामगरले बुधबार नै  विज्ञप्ति जारी गररी कर्मचारी सम्पर्कविहीन भएको जानकारी गराएका थिए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्