टहरामा सुतिरहेका दिदी-बहिनीको भिरमाथिबाट ढुंगा खस्दा मृत्यु
काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेलीको मृत्यु भएको हो ।
बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका थिए । राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको छ ।

.gif)