sevenstartv.com ५ पुष २०८२, शनिवार

आर्थिक ऐनले ल्यायो विभिन्न करमा विशेष छुट योजना

१७ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ ।  आर्थिक ऐन २०८२ ले विभिन्न करमा विशेष छुट योजना ल्याएको छ । 

आर्थिक ऐन २०८२ ले ढुवानी साधनको भाडादेखि कर्मचारी अवकाश कोष र विद्धुत तथा सामाजिक संघसंस्थासम्म विभिन्न १० प्रकारका करमा विशेष  छुट योजना ल्याएको आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले  जनाएको छ । 

राजस्व कार्यालय नयाँ बानेश्वरका अनुसार  आर्थिक ऐनले ढुवानी सेवा प्रदायकले आफ्नो व्यवसाय संचालनको लागि आर्थिक वर्ष २०७८, ०७९ देखि ०८१ सम्म स्थायी लेखा नम्बर नभएका व्यक्तिबाट ढुवानी साधन भाडामा लिइ त्यसको भाडा वापतको रकम भुक्तानी गर्दा लाग्ने करमा छुटको व्यवस्था गरेको छ ।

आर्थिक ऐनले संस्था ऐन २०३४ बमोजिम दर्ता भएका सामुदायिक अस्पताल, स्वास्थ्य संस्था तथा यातायात सम्वद्ध सघंसंस्थालाई करमा विशेष छुटको योजना ल्याइएको जनाइएको छ । 

आर्थिक ऐनले अन्तर्राष्ट्रिय हवाई यातायातमा सेवा प्रदायक मूल्य अभिवृद्धि करमा दर्ता भई  २०८१ साल पुस १ देखि कर नतिरेकाहरुले २०८२ असोजसम्म तिर्न आएमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । 

आर्थिक ऐनले  नेपालमा विद्तीय सेवा प्रदान गर्न चाहनेहरुलाई पनि कर छुटको विशेष योजना ल्याएको छ । आन्तरिक राजस्वले २० वर्ष पुराना सार्वजनिक  तथा निजी सवारी साधनको करमा पनि छुटको योजना ल्याएको छ । 

आर्थिक ऐनले कर्मचारीहरुको संचयकोषदेखि अन्य विभिन्न करमा समेत विशेष छुटको योजना ल्याएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्