sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

१७ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।  गाजाको एक क्याफेमा भएको इजरायली हमलामा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार उद्धार टोलीले त्यहाँबाट २० शव बाहिर निकालेका छन् । अल बाका क्याफ्टेरिया नामको सो क्याफेमा घाइते भएका थुप्रैको उद्धार गरिएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ ।

गाजालाई खाली गराउने सोचसहित आक्रमण गरेपछि इजरायलले क्याफेमा आक्रमण गरेको हो । अन्तर्राष्ट्रिय निकायले नै इजरायली प्रधानमन्त्री बेन्जानिम नेतान्यहुलाई युद्ध विरामका लागि दबाब दिइरहेको समयमा यो आक्रमण भएको हो ।

१९ जनवरीमा भएको युद्ध विराम मार्च महिनाको सकिएको थियो । त्यसयता इजरायलले लगातार आक्रमण गरेको छ। पछिल्ला केही दिनयता आक्रमणलाई तीव्र बनाएको छ ।

अमेरिका लगायत अन्तर्राष्ट्रिय निकायले दिएको दबाबका बाबजुद इजरायलले ११ सातासम्म त्यस स्थानमा राहत पुग्न दिएको थिएन । अहिलेसमेत इजरायलले आक्रमणलाई निरन्तरता दिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्