पेट्रोलमै प्रतिलिटर ५ रुपैयाँ बढ्यो मूल्य
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ ।
नेपाल आयल निगमले सार्वजनिक गरेको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरिएको छ ।
नयाँ मूल्य दर आज राति १२ बजेबाट लागू हुनेछ । निगमले भारतबाट मूल्य बढेर आएका कारण त्यसै अनुसार समायोजन गरिएको जनाएको छ ।

.gif)