sevenstartv.com ५ पुष २०८२, शनिवार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१७ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ९२ पैसा र बिक्री दर १३७ रुपियाँ ५२ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ५९ पैसा र बिक्रीदर १६१ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ७२ पैसा र बिक्रीदर १८८ रुपियाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ८४ पैसा र बिक्रीदर १७२ रुपियाँ ५९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४६ पैसा र बिक्रीदर ८९ रुपियाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ १५ पैसा र बिक्रीदर १०० रुपियाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४६ पैसा र बिक्रीदर १०७ रुपियाँ ९३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपियाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५१ पैसा र बिक्रीदर ३६ रुपियाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५७ पैसा र बिक्रीदर ३७ रुपियाँ ७३ पैसा कायम भएको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्