यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४७ पैसा र बिक्रीदर १३७ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ९४ पैसा र बिक्रीदर १६० रुपियाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ १८ पैसा र बिक्रीदर १८८ रुपियाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपियाँ ७९ पैसा र बिक्रीदर १७१ रुपियाँ ५४ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ १२ पैसा र बिक्रीदर ८९ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ७४ पैसा र बिक्रीदर १०० रुपियाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ९६ पैसा र बिक्रीदर १०७ रुपियाँ ४३ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०३ पैसा र बिक्रीदर १९ रुपियाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३४ पैसा र बिक्रीदर ३७ रुपियाँ ५० पैसा कायम भएको छ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

.gif)