sevenstartv.com ५ पुष २०८२, शनिवार

नेप्सेमा उच्च अंकको वृद्धि

१५ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले वृद्धि भएको छ । नेप्से २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा पुगेको छ । आइतबार नेप्से १.०२ प्रतिशतले बढेको छ । 

दिनभरमा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर कारोबार भएको छ । आइतबार १८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर भने रहेको छैन । 

दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार ७५२ पटक शेयर किनबेच भएको छ । आइतबार उत्पादन तथा प्रशोधन बाहेक १२ वटै समूह बढेको छ । बजार बन्द हुँदा सबैभन्दा बढी बैंकिङ समूह २ प्रतिशतले बढेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन ०.०९ प्रतिशतले बढेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्