एसईईमा ६२ प्रतिशत उत्तीर्ण हुँदा रुपन्देहीका ८२ जनाले ल्याए जीपीए फोर
बुटवल । एसईईमा यसवर्ष रुपन्देहीका ८२ जनाले जीपीए फोर ल्याएका छन् । रुपन्देहीमा सबैभन्दा धेरै मणिग्रामको सामुदायिक विद्यालय शान्ति नमूना माविका १८ जनाले जीपीए फोर ल्याएका छन् ।
दोस्रोमा न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलका ११ जना, तेस्रोमा अक्सफोर्ड बोर्डिङ बुटवलका १० जना,चौथोमा कालिका मानवज्ञान मावि बुटवलका ७ जनाले जीपीए फोर ल्याएका छन् । सैनामैना नमूना माविका ४ जना, नयाँगाउँ मावि बुटवलका ४ जना, न्यू लुम्बिनी बोर्डिङ स्कुल, देवदहका ४ जनाले जीपीए फोर ल्याएका छन् ।
दिप बोर्डिङ स्कुल बुटवलका २ जना, प्रभात बोर्डिङ स्कुल सैनामैनाका २ जना, नवरत्न माध्यमिक विद्यालय बुटवलका २ जना, तिनाउ बोर्डिङ स्कुल बुटवका २ जना, गार्गी बोर्डिङ स्कुल बुटवलका २ जना र बुद्ध पब्लिक देवदहका २ जनाले पनि जीपीए फोर ल्याएका छन् ।
रामापुर मावि सैनामैना, कान्ति मावि बुटवल, जनकल्याण मावि सैनामैना, ड्रिम भिजन बोर्डिङ स्कुल फर्साटिकर, सुनगाभा पब्लिक बोर्डिङ सैनामैना, सैनामैना मेमोरियल सैनामैना,सिद्धेश्वर लालकुमारी मावि बुटवल,नवीन औद्योगिक कदरबहादुर रीता मावि बुटवल,न्यु इन्भारमेन्ट बोर्डिङ तिलोत्तमा, होराइजन गौतमबुद्ध बोर्डिङ तिलोत्तमा ,ग्लोरी बोर्डिङ बुटवल र एभरेष्ट बोर्डिङ स्कुल बुटवलका एक–एक जना विद्यार्थीले जीपीए फोर ल्याएको ती विद्यालयले जानकारी दिएका छन् ।
नेपालभरबाट ३.६० देखि ४ जीपीएसम्म अंक ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ ।
यस वर्षको एसईईको नतिजा शुक्रबार सार्वजनिक भएको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थीमध्ये ३।६ देखि ४ जीपीए ४८ हजार १ सय ७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३ सय ५५, २.८ देखि ३.२ जीपीएसम्म ८९ हजार १ सय २४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४ सय ७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १ सय २६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले १ सय २६ जना परीक्षार्थीको परीक्षा भने रद्ध भएको बताउनु भयो । वर्गीकृत परीक्षार्थीको सङ्ख्या भने १ लाख ६७ हजार ५ सय ९७ रहेको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १ सय ८३ विद्यार्थी सहभागी भएका थिए ।

.gif)