sevenstartv.com १६ असार २०८३, मङ्गलवार

२ वटा संसदीय समितिको बैठक बस्दै

१४ असार २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं ।  विभिन्न दुईवटा समितिको बैठक आज बस्ने भएको छ । शनिबार विधायन व्यवस्थापन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्