टर्कीमा आगलागीः ५ सय ५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
काठमाडौँ । बुधवार दिउँसोदेखि शुरु भएको टर्कीको पश्चिमी इज्मिर प्रान्तको जंगलमा लागेको डढेलो निरन्तर जारी छ ।
आगो आलियागा र फोका जिल्लाहरू बीचको जंगल क्षेत्रमा तीब्र हावा चल्दा द्रुत गतिमा फैलिएको हो । आगलागीको कारण अज्ञात छ । नियन्त्रण प्रयासमा ८ विमान, १६ हेलिकप्टर, ७१ पानी ट्रक, ४४पानी ट्याङ्कर, ३३ बुलडोजर र ६२५ कर्मचारीको ठूलो परिचालन गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
इज्मिर प्रान्तीय गभर्नर सुलेमान एल्बानले १७५ इलिपिनार छिमेकी घरहरू खाली गराइएका ५५० भन्दा बढी बासिन्दाहरूलाई स्थानान्तरण गरिएको पुष्टि गर्नुभयो । एजेन्सी
