sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

इरानी सर्वोच्च नेता भन्छन्स् इरानसँगको युद्धबाट अमेरिकाले केही हासिल गर्दैन

१३ असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौँ । इरानी सर्वोच्च नेता अली खामेनीलेसंयुक्त राज्य अमेरिकाले इरान विरुद्धको युद्धबाट केही हासिल नगर्ने बताउनुभएको छ । उहाँले राज्य सञ्चालित टिभीद्वारा प्रशारित भिडियो सन्देशमा इजरायल र संयुक्त राज्य अमेरिकासँगको युद्धमा इरानी राष्ट्र विजय भएको बताउँदै विजयमा बधाई दिनुभयो । 

इरानी क्षेप्यास्त्र र अन्य हतियारहरू इजरायलको उन्नत बहु–स्तरीय रक्षाबाट पार गर्न सफल भएको बताउनु भयो । इजरायललाई इरान विरुद्धको कुनैपनि आक्रमण भारी महँगो हुनेकुरा इजरायललाई राम्रोसँग जानकारी रहेको बताउनु भयो । १२ दिनको युद्धपछि इरान र इजरायलबीच मंगलवार युद्धविराम भएको छ । एजेन्सी

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्