मेची भन्सारको राजस्व १५ प्रतिशतले बढ्यो
काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व संकलन गरेको छ । गत आव २०८०(८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो ।
मेची भन्सार कार्यालयका अनुसार गत आवको साउनमा एक अर्ब ११ करोड ३२ लाख ३१ हजार राजस्व संकलन भएको थियो । मेची भन्सारबाट आयात १४ दशमलव ५४ प्रतिशतले बढ्दा निर्यात भने ३३ दशमलव ९८ प्रतिशतले घटेको छ । चालु आवको साउनमातीन अर्ब ८९ करोड १० लाख ५८ हजार बराबरको मालबस्तु आयात हुँदा एक अर्ब ८० करोड ८२ लाख ९९ हजारको निर्यात भएको छ ।
मेची भन्सार कार्यालयको तथ्यांक अनुसार चिया, प्लाइड, भेनियर सिट, मोलासिसको निर्यात क्रमश ३८ दशमलव ०८, ४३ दशमलव ४९, पाँच सय तीन दशमलव ९७ र सत प्रतिशतले बढ्दा अलैँची ८३ दशमलव २८, अदुवा आठ दशमलव ८६, अम्रिसो २१ दशमलव ८८, छुर्पी ७८ दशमलव ७८ प्रतिशतले घटेको छ ।

.gif)