व्यवसायीको सटर बन्द गराएर आर्थिक समृद्धि हुन सक्दैन : सांसद् कार्की
काठमाडौं । नेपाली कांग्रेसका सांसद् ज्ञानेन्द्रबहादुर कार्कीले सुनचाँदी व्यवसायीहरुको संरक्षण गर्न नसके आर्थिक समृद्धि हुन नसक्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले सुनचाँदी व्यवसायीलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउँदै सुनचाँदी व्यवसाय संस्कृति, पर्यटनसँग सम्बन्धित रहेको बताएका छन् ।
सुनचाँदी व्यवसायीहरुले राखेका जायज मागहरु पूरा गर्नुपर्ने बताए । सुनचाँदी व्यवसायीहरुका जायज मागलाई यसै आर्थिक वर्षमै पूरा गर्ने किसिमको तयारी गरेर अघि बढ्न जरुरी रहेको बताएका छन् ।

.gif)