sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राष्ट्रपति जिते एलन मस्कलाई मन्त्री बनाउने डोनाल्ड ट्रम्पको घोषणा

४ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन जिते आफ्नो सरकारमा टेस्ला कम्पनीका मालिक अर्बपति व्यवसायी एलन मस्कलाई मन्त्री बनाउने घोषणा गरेका छन् ।

समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा ट्रम्पले मस्क वौद्धिक व्यक्ति रहेको भन्दै त्यस्तो व्यक्तिलाई आफ्नो मन्त्रिमण्डलमा समेट्ने घोषणा गरेका हुन्। मस्कले केही दिनअघि आफ्नो सामाजिक सञ्जाल एक्समा ट्रम्पको अन्तवार्ता गरेपछि ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो । 

अन्तरवार्तामा ट्रम्पले मस्कको अटोमोबाइलको प्रशंसा गर्दै सबैले विद्युतीय कार खरिद गर्नुपर्ने बताएका थिए । मस्कले भने यस विषयमा ट्रम्पसँग कुनै कुराकानी नभएको जिकिर गरेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्