आयोडिन नुनको आपूर्ति व्यवस्था पर्याप्त र गुणस्तरयुक्त छ : सचिव घिमिरे
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आयोडिन नुनको आपूर्ति व्यवस्था पर्याप्त र गुणस्तरयुक्त रहेको बताएका छन् ।
बिहीबार ‘नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणकाबारे प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा उनले आयोडिन नुन अहिले साल्ट टेडिङबाट प्रभावकारी रुपमै आपूर्ति भइरहेको बताएका हुन् ।
घिमिरेकाअनुसार विगत ४० वर्षदेखि साल्ट टे«डिङ कर्पोरेसनले आयोडिन नुन गाउँ गाउँसम्म सहज, सुलभ रुपमा पुर्याइरहेको छ ।
आयोडिनयुक्त नुन उत्पादन तथा विक्री वितरण ऐन, २०५५ राजपत्रमा प्रकाशित भएपछि अहिले निजी क्षेत्रलाई समेत बाटो खुलाउन खोजेपछि यसबारे प्रश्न उठिरहे पनि नुनको कारोबार खुला छाडिदिदाँ गुणस्तरीयतामा कमी, मूल्यमा एकरुपता नहुने, सुलभ र सहज आपूर्ति नहुने हो की रु भन्ने भय रहेको उनले बताए । उनले नुनको जिम्मा अहिले नै ऐनलाई टेकेर निजी क्षेत्रलाई दिने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् ।






