देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्ने बताएका छन् ।
कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु नाम पुस्तकको राजधानीमा विमोचन गर्दै उहाँले सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरु अहिले कमी रहेको बताएका हुन् ।
अर्थमन्त्री पौडेलकाअनुसार प्रकृतिको वरदानका रुपमा चिनिने नेपालमा धेरै गर्न सकिन्छ । प्रचुर सम्भावनाहरुलाई उपयोग गरेर देशलाई समृद्ध बनाउनुपर्ने पौडेलले बताए । विदेशमा सिकेको सीप पुँजी सबैले नेपालमा उपभोग गर्नसके देश छिट्टै विकसित हुने उनको भनाई छ ।

.gif)