sevenstartv.com ५ पुष २०८२, शनिवार

कागेश्वरी मनोहरा नगर अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया  शुरु

२ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगर अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया शुरु भएको छ । 

नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालले शनिबारदेखि मोतियाबिन्दुको शल्यक्रिया सेवा औपचारिक रूपमा थालेको हो । नगरप्रमुख उपेन्द्र कार्कीले शनिबार एक कार्यक्रमका बीच सेवाको उद्घाटन गर्नुभएको हो ।

अस्पतालले स्थानीय बासिन्दालाई लक्षित गरी मोतियाबिन्दु शल्यक्रिया सेवा शुरु गरेको जानकारी दिइएको छ । यस सेवाबाट नागरिकलाई सहज र कम लागतमा उपचार सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।

नगरप्रमुख कार्कीले उद्घाटनमा  नगर अस्पताललाई आधुनिक स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्दै लैजाने योजना रहेको बताउनुभयो । उहाँले मोतियाबिन्दु शल्यक्रिया जस्ता सेवा विस्तारले नगरवासीको जीवनस्तर सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नगर अस्पतालले यसअघि विभिन्न ओपीडी सेवा, २४ सै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, खोप र पोषण परामर्श सेवा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । मोतियाबिन्दु शल्यक्रिया सेवाको शुरुवातसँगै अस्पतालको सेवा दायरा थप व्यापक बनेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्